काठमाडौं, १ चैत । नेपाली कांग्रेसको खुला र प्रदेशतर्फको केन्द्रीय सदस्यहरूको मतगणना आज पनि जारी रहेको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी मतगणनामा खुला र प्रदेशतर्फको गणना गर्न बाँकी मतगणना हुनेछ ।
कांग्रेसको खुलातर्फ २७ सय मतगणना भइसकेको छ । खुलातर्फको मतगणना आज बेलुकासम्म सक्ने केन्द्रीय निर्वाचन समितिको तयारी छ ।
प्रदेशतर्फ भने अझै केही समय लाग्ने देखिएको छ । यद्यपि निर्वाचन समितिले प्रदेशको मतगणनालाई पनि तीब्रता दिने जनाएको छ ।












प्रतिक्रिया