२४ कार्तिक २०८३, मंगलबार

एमालेको स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML NCPकाठमाडौं, १ चैत । नेकपा (एमाले)को आजका लागि तोकिएको स्थायी समितिको बैठक अचानक स्थगित भएको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको आन्तरिक संगठन, सरकारको कामकारबाही र अन्य विविध विषयमा छलफल गर्न बस्ने भनिएको स्थायी समिति बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

बैठक अचानक स्थगित गर्नुका कारण केही नबताइए पनि प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष केपी ओली व्यस्त रहेका कारण स्थायी समितिको बैठक प्रभावित भएको स्रोतको भनाइ छ ।

यसअघि आइतबार बसेको एमालेको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा व्यापारिक सम्झौता गर्न र इन्धन आपूर्तिका लागि पहल गर्न सुझाव दिएको थियो । प्रधानमन्त्री ओली यही चैत ७ गते औपचारिक चीन भ्रमणमा जाने कार्यक्रम थियो ।