
सिरहा, ३० फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहेको कार्यक्रमबाट एक जना पूर्वमन्त्री पक्राउ परेका छन् ।
आइतबार सिरहाको जिल्ला परिषदमा सहभागी भएका प्रचण्डको विरोधमा कालो झन्डा देखाएको र नाराबाजी गरेको भन्दै प्रहरीले संघीय समाजवादी फोरमका नेता एवं पूर्वमन्त्री राजलाल यादवसहित ५ जनालाई पक्रेको हो ।
यादवले जिल्ला परिषदमा बोल्ने क्रममा प्रचण्डको विरोध गर्नुका साथै होहल्ला गरेका थिए । उनले विरोध गरेपछि फोरमका कार्यकर्ताले प्रचण्डविरुद्ध नारावाजी गर्नुका साथै कालो झन्डा पनि देखाएका थिए ।
हल भित्र कडा सुरक्षा घेरामा रहेका प्रचण्सहित कंग्रेस र एमाले नेताहरूको बिरोधमा मोर्चा कार्यकर्ताले परिषद हल भित्रै नाराबाजी गरेका थिए । परिषद हलभित्रै मोर्चाका नेता कार्यकर्ताले हो–हल्ला गरेपछि परिषद केहीबेर बिथोलिएको थियो ।
उक्त कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि थिए ।












प्रतिक्रिया