काठमाडौं, ३० फागुन । हतियार देखाएर गुण्डागर्दी गर्ने एक जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ ।
ठेक्कापट्टा, असुलीमा हतियार देखाएर मनपरी गर्ने रामेछाप, बेताली घर भइ हाल भक्तपुरको सल्लाघारी बस्दै आएका सुमन खड्कालाई आइतबार पक्राउ गरिएको हो ।
उनी नेपाली सेनाका भगौडा जवान हुन् । २०६५ सालमा नेपाली सेनाको जवान पदमा भर्ना भएका खड्काले २०७० सालमा जागिरबाट भागेर गुन्डागर्दीमा लागेको पाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम थापाले जानकारी दिए ।
उनले भने- ‘अभियुक्त खड्काले रामेछाप, काभ्रे, दोलखालगायत जिल्लामा पेटी कन्ट्र्याक्टरको रुपमा का मगर्ने ठेकेदार, ठेक्कापट्टा, टेन्डरमा हतियार देखाइ रकम असुल्ने र लुटपाट गर्ने गरेको अनुसन्धानमा खुलेको छ । थप अनुसन्धान जारी छ ।’
उनलाई ०१७१११० नम्बरको पेस्तोल र गोलीसहित बानेश्वरबाट गरिएको एसएसपी थापाले बताए । उनीविरूद्ध हतियार तथा खरखजना मुद्दामा कारबाही सुरू भएको छ ।












प्रतिक्रिया