
काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसको खुला तर्फको केन्द्रीय सदस्य पदका लागि जारी मतगणनामा डा. शेखर कोइरालाले अग्रता लिएका छन् ।
१३ औं महाधिवेशनमा खुला २५ सिटका लागि भएको मतदानमा पार्टी कार्यालय सानेपामा १८०० मतगणना हुँदा शेखरले खुमबहादुर खड्कालाई उछिन्दै १०६२ मत पाएका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार दोस्रो स्थानमा झरेका खुमबहादुरले १०५९ र प्रकाशमान सिंहले १०३९ मत पाएका छन् । चौथो स्थानमा प्रदीप पौडेलले १००७ र पाँचौमा केबी गुरुङले ९९८ मत पाएका छन् ।
टप ३० मा को-को ? हेर्नुस् सूचीः
१) डा. शेखर कोइराला (१०६२)
२) खुमबहादुर खड्का (१०५९)
३) प्रकाशमान सिंह (१०३९)
४) प्रदीप पाैडेल (१००७)
५) केबी गुरुङ (९९८)
६) पूर्णबहादुर खड्का (९९३)
७) प्रदीप गिरी (९९२)
८) बालकृष्ण खाँड (९९३)
९) बिमलेन्द्र निधि (९८२)
१०) धनराज गुरुङ (९८२)
११) रमेश लेखक (९७८)
१२) महेश आचार्य (९७०)
१३) रामशरण महत (९३५)
१४) बलबहादुर केसी (९३४)
१५) विश्वप्रकाश शर्मा (९२७)
१६) सुजाता कोइराला (९१७)
१७) शंकर भण्डारी (८७७)
१८) प्रकाशशरण महत (८६६)
१९) एनपी सावद (८६३)
२०) गोपालमान श्रेष्ठ (८५७)
२१) बद्रि पाण्डे (८५१)
२२) नारायण खड्का (८५१)
२३) ज्ञानेन्द्रबहादुर कार्की (८४४)
२४) चन्द्र भण्डारी (८४२)
२५) मिनेन्द्र रिजाल (८३०)
२६) पद्मनारायण चौधरी (७४१)
२७) उदय शमशेर राणा (७३३)
२८) डिना महालक्ष्मी उपाध्याय (७२५)
२९) जीप छिरिङ (७२३)
३०) अशोक कोइराला (६७४)












प्रतिक्रिया