२४ कार्तिक २०८३, मंगलबार

फेरि नेपाल आउँदै भारतीय विदेशमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushma-swaraj-l

काठमाडौं, ३० फागुन । भारतीय विदेशमन्त्री सुष्मा स्वराज चैत १ गते नेपाल आउने भएकी छन् ।

सार्क विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन स्वराज विदेशसचिव एस जयशंकरसहित नेपाल आउन लागेकी हुन् ।

दिल्लीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले यसबारे जानकारी दिएका हुन । सार्क देशका विदेशमन्त्रीहरुको बैठक आगामी चैत ४ गते पोखरामा हुन लागेको छ । त्यसको अघिल्लो दिन परराष्ट्र सचिवहरुको बैठक हुनेछ ।

सार्कमन्त्रीहरुको बैठकका क्रममा स्वराजले पाकिस्तानी समकक्षी सरताज अजीजसँग छुट्टै भेटवार्ता गर्ने नगर्ने भन्ने टुंगो छैन । भारत पाकिस्तानका विदेशमन्त्री वा सचिवको सम्भावित भेटबारे सोधिएको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले द्वीपक्षीय भेटको तालिका नभएको बताए ।

यसअघि कांग्रेसमा निवर्तमान सभापति सुशील कोइरालाको निधनमा श्रद्धाञ्जली अपर्ण गर्न भारतीय विदेशमन्त्रीको टोली नेपाल आएको थियो ।