२४ कार्तिक २०८३, मंगलबार

भागेकी छोरीसँग ‘विप्लव’ यसरी झुके

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanju-binodकाठमाडौं, ३० फागुन । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भागेर विहे गरेकी छोरी सञ्जु चन्दको प्रगतिशील विवाह गरिदिएका छन् ।

‘विप्लव’ले शनिबार काठमाडौंको बुद्धनगरमा विशेष कार्यक्रम गरेर छोरी सञ्जु र ज्वाइँ विनोद लुइँटेललाई टीका लगाए विहे गरिदिएका हुन् । विहेमा पुगेका ‘विप्लव’ले छोरी र ज्वाइँलाई फूलको गुच्छा पनि दिएका थिए ।

विप्लवकी छोरी सञ्जुले डेढ महिनाअघि (माघ महिनामा) घरबाट भागेर सुनसरी जिल्ला घर भएका विनोद लुइँटेलसँग विहे गरेकी थिइन् । विप्लवलाई छोरीको यो कार्य कत्ति पनि चित्त बुझेको थिएन । ‘विप्लव’ले आफ्नी छोरीलाई विनोदलाई छाड्न दबाब दिँदै आएका थिए ।

तर आफन्त र पार्टीका नेताहरूको मध्यस्थतामा विप्लवले छोरी सञ्जु र विनोदको विहेलाई शनिबार बैधानिकता दिएका हुन् ।

विनोद विप्लवकै पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) अमृत साइन्स क्याम्पसमा बिएसस्सी अध्ययनरत विद्यार्थी नेता हुन् ।