१ कार्तिक २०८३, शनिबार

गुण्डा नाइके चरीकी प्रेमिका खुश्बुले अर्कैसँग गरिन विहे, को हुन् नयाँ पति ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khusbu-chari.jpgकाठमाडौं, २९ फागुन । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’की प्रेमिका खुश्बु ओलीले अर्कैसँग विहे गरेकी छिन् ।

‘माया एउटा सँग, विहे एउटासँग’ भन्ने अञ्जु पन्तको गीतजस्तै खुश्बुले पनि प्रेममा चरीसँग जवानी लुटाएर अर्कैसँग विहे गरेकी हुन् ।

प्राप्त सूचनाअनुसार खुश्बुले सन्तोष कार्की नामका युवकसँग विहे गरेकी हुन् । उनको विवाह शनिबार राजधानीको भव्य होटलमा भएको छ । स्रोतका अनुसार शनिवार साँझ याक एण्ड यति होटलमा भव्य पार्टीसहित बरबधुलाई आर्शिवाद दिन परिवारजन तथा इष्टमित्रको ठूलो भिड लागेको छ ।

चरी गत वर्षको साउन २१ मा प्रहरीको मुठभेडमा मारिएका थिए । उनी मारिएपछि खुश्बु निकै चर्चामा आएकी थिइन् । यतिसम्मकी चरीको ‘हत्या’मा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने दावी पनि गरेकी थिइन् । उनै खुश्बुले यतिखेर भने चरीलाई विर्सिएर सन्तोषकी अर्धाङगिनी बनेकी छिन् ।

Khusbu-Oli-with-Santosh-karki-1

बिश्वकै महंगो बिश्वबिद्यालयमा पढेर नेपालमा आएकी मोडलिङ पृष्ठभुमिकी खुश्बु त्यसयता अर्पण र चरीसँगको प्रेम सम्बन्धका कारण पनि सञ्चार माध्यममा छाएकी थिइन् ।

समाचार स्रोतका अनुसार खुश्बुलाई श्रीमती बनाउने सन्तोष लण्डनमा बस्दै आएका छन् ।