२४ कार्तिक २०८३, मंगलबार

डा.कोइराला पहिलो, दोस्रोमा खड्का र सिंह तेस्रो (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Countकाठमाडौं, २९ फागुन । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणनामा तीन ठूला नेताबीच को पहिलो बन्नेमा होडबाजी चलेको छ ।

पछिल्लो मतपरिणाम अनुसार डा.शेखर कोइरालाले एक नम्बरमा कब्जा जमाइ बसेका छन् । डा. कोइरालाले ७ सय ३४ मतसहित पहिलो स्थानमा बस्न सफल भएका हुन् ।

डा.कोइरालालाई नेता खुमबहादुर खड्काले पछ्याइ रहेका छन् । खड्काले ७ सय १२ मतसहित दोस्रो स्थानमा उक्लिएका छन् ।

तेस्रो स्थानमा गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह रहेका छन् । सिंहले ७ सय ७ मत पाएका छन् । यो समचार तयार पार्दासम्म १२ सय ५३ मत गणना भएको छ ।