काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसको खुलातर्फको मतगणना अन्तर्गत पौने चार बजेसम्म एक हजार ३ मत गणना भएको छ ।
मतगणनाको पछिल्लो नतिजा अनुसार डा.शेखर कोइरालाले ६१८ मतसहित अग्रस्थानमा कब्जा जमाइ बसेका छन् । उनलाई प्रकाशमान सिंहले ६१२मतसहित पछ्याइ रहेका छन् । तेस्रो स्थानमा खुमबहादुर खड्काले ६०३ मतसहित पछ्याइ रहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार प्रदीप पौडेल ५८९, पूर्ण बहादुर खड्का ५७८, रमेश लेखक ५७५, बिमलेन्द्र निधि ५७४, प्रदीप गिरी ५७०, बालकृष्ण खाण ५६१, महेश आचार्य ५६०, कुलबहादुर (के.बी.) गुरुङ ५५९, धनराज गुरुङ्ग ५५९ बलबहादुर के.सी. ५४८, रामशरण महत ५३८, सुजाता कोइराला ५२९, विश्वप्रकाश शर्मा ५१५, शंकर भण्डारी ५१३ र प्रकाश शरण महतले ५०५ मत पाएका छन् ।
मीनेन्द्र रिजालले ५०५, नारायण खडका ४९४, बद्री पाण्डे ४९० र चन्द्र भण्डारीले ४८९, गोपालमान श्रेष्ठ ४८५, ज्ञानेन्द्र बहादुर कार्की ४८२ र एन.पि. साउद ४८० मत पाएका छन् । साउदले २५औँ नम्बरमा पछ्याइ रहेका छन् ।












प्रतिक्रिया