काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसको प्रदेशतर्फका केन्द्रीय सदस्यहरूको मतपरिणाम आउन थालेको छ ।
प्राप्त परिणाम अनुसार नाम चलेका र केन्द्रीय कार्यसमितिमा रहेका नेताहरू अगाडि देखिएका छन् । कांग्रेसले प्रदेशबाट दुई केन्द्रीय सदस्य ल्याउन लागेको छ । यस पटक प्रत्येक प्रदेशबाट दुई जना केन्द्रीय सदस्य आउने छन् ।
प्रदेश नम्बर दुईमा युवा नेता गुरुराज घिमिरे ९३ र भष्मराज आङ्देम्वे ७७ मतसहित अग्रस्थानमा छन् ।
दुई नम्बर प्रदेशमा आनन्दप्रसाद ढुङ्गानाले १०० मत पाएका छन् भने रमेश रिजालले ९० मत सहित अग्रस्थानमा छन् ।
३ नम्बर प्रदेशमा नवीन्द्रराज जोशी ८८ र रामनाथ अधिकारी ७६ मतसहित अगाडि छन् ।
चार नम्बर प्रदेशमा गोविन्द भट्टराई ८८ र देबराज चालिसेले ८१ मत पाएका छन् ।
पाँच नम्बर प्रदेशमा दीपक गिरीले १ सय २ मतसहित अग्रता लिएका छन् । अर्का नेता देवेन्द्रराज कँडेलले ८५ मतसहित अग्रता लिइरहेका छन् ।
छ नम्बर प्रदेशमा हृदयराम थानीको १०९ र जीवन बहादुर शाहीको १०१ मत आएको छ ।
सात नम्बर प्रदेशमा दिलेन्द्रप्रसाद बडू १०४ मत तथा बीरबहादुर बलायर ८४ मत सहित अगाडि रहेका छन् ।












प्रतिक्रिया