
काठमाडौं २९ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्यको मतगणना आज विहानदेखि पुन: सुरु भएको छ ।
बुधबारदेखि जारी मतगणनामा शुक्रबारसम्म ६५० मत मात्रै गणना भएको छ । निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीका अनुसार शनिबार बिहान ९ बजेबाट मतगणना सुरु भएको हो ।
खुल्ला २५ तर्फकासहित प्रदेशतर्फ र आरक्षको पनि आजै मतगणना थालिएको छ । उनका अनुसार आज खुला केन्द्रीय सदस्य तर्फको मतगणना तीन ठाउँमा भइरहेको छ ।
आरक्षणतर्फको २१ वटा पदको नतिजा आज बेलुकीसम्म आउने अधिकारीको भनाई छ ।












प्रतिक्रिया