
काठमाडौँ, २९ फागुन । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत रणजीत रायबीच शुक्रबार साँझ भेटवार्ता भएको छ ।
पौडेल निवास बोहोराटारमा भएको भेटवार्तामा नेता पौडेलले मधेसको समस्या समाधान गर्न काँग्रेस प्रतिबद्ध रहेको जानकारी गराउनुभएको थियो ।
उहाँले नेपालमा सफलतापूर्वक संविधान जारी भएको र त्यसको कार्यान्वयन अघि बढाउने विश्वाससमेत व्यक्त गर्नुभएको नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।
सो अवसरमा नेता पौडेलले महाधिवेशनपछि पार्टीको एकता कायम गरेर अघि बढ्न प्रतिबद्ध रहेको समेत अवगत गराउनुभएको थियो ।
भेटमा नेपालका लागि भारतीय राजदूत रायले काँग्रेसको महाधिवेशन र समसामयिक विषयका बारेमा चासो राख्नुभएको थियो । रासस












प्रतिक्रिया