काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसको दलिततर्फको आरक्षण केन्द्रीय सदस्यको पुरुषतर्फ मीनबहादुर विश्वकर्मा र महिलातर्फ लक्ष्मी परियार अगाडि देखिएका छन् । ३ सय मत गणना हुँदासम्म पुरुषमा मीनबहादुर विक र महिलामा लक्ष्मी परियारले अग्रता लिएका हुन् । पुरुषतर्फ तीन र महिलातर्फ दुई जना केन्द्रीय सदस्यमा निर्वाचित हुने छन् ।
दलित पुरुषतर्फ कस्ले कति मत ल्याए ?
मीनबहादुर विश्वकर्मा–१४१
जीवन परियार–१३९
मानबहादुर विश्वकर्मा–१३६
मानबहादुर नेपाली–८३
प्रकाश स्नेही–७८
शम्भु हजारा दुषाद–७०
महिलातर्फ कस्ले कति मत पाए ?
लक्ष्मी परियार–१५४
सुजाता परियार–१४३
विमला नेपाली–९५
कविताकुमारी सरदार–८९
रुपा विक–५३












प्रतिक्रिया