३० आश्विन २०८३, शुक्रबार

जिविस कैलालीको बजेट पाँच अर्ब ३३ करोड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-paisa– दीपक ओली

धनगढी, २८ फागुन । जिल्ला विकास समिति कैलालीले आगामी आर्थिक वर्ष २०७३/०७४ का लागि पाँच अर्ब ३३ करोड २ लाख ७२ हजारको बजेट सार्वजनिक गरेको छ ।

जिविसले बिहीबार एक कार्यक्रमका बीच आर्थिक वर्ष २०७३/०७४ का लागि २५ औं जिल्ला परिषद्बाट पारित भएको विषयगत समिति र गैससतर्फ चालु खर्च २ अर्ब ४५ करोड ८३ लाख ९१ हजार तथा पूँजीगत तर्फ २ अर्ब ८७ करोड १८ लाख ८१ हजार गरी पाँच अर्ब ३३ करोड २ लाख ७२ हजारको बजेट सार्वजनिक गरेको हो ।

जसमध्ये वन तथा वातावरणमा चालु र पूँजीगत खर्च गरी रु.१४ करोड १८ लाख ७२ हजार, आर्थिक विकासका लागि चालु र पूँजीगत खर्च गरी रु.३६ करोड ४ लाख ९३ हजार रहेको छ भने समाजिक विकासमा चालु र पूँजीगत गरी एक अर्ब ७७ करोड ४२ लाख ५८ हजार रहेको छ ।

त्यस्तै पूर्वाधार विकास समितिका लागि चालु र पूँजीगत खर्च गरी २ अर्ब ४० करोड १९ लाख ८९ हजार तथा गैससहरुमा चालु र पूँजीगत खर्च गरी ६५ करोड १६ लाख ६० हजार गरी जम्मा पाँच अर्ब ४० करोड ४१ लाख ६२ हजार ७ सय १० पाँच अर्ब ३३ करोड २ लाख ७२ हजारको अनुमानित बजेट प्रस्ताव गरेको जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी केशवप्रसाद बिमलीले बताए ।

२५ औँ जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी बिमलीले सो बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास समिति अन्तर्गत विनियोजित रकम मध्ये जिल्ला विकास समिति र अन्तर्गत तर्फका कार्यक्रमहरुको लागि आगामी आव ०७३/०७४ मा चालु खर्च तर्फ ६२ करोड ३९ लाख ४९ हजार र पूँजीगत खर्च तर्फ ४८ करोड ३७ लाख ३१ हजार लाख गरी जम्मा एक अर्ब १० करोड ७६ लाख ८० हजार बिनियोजन गरेको विवरण प्रस्तुत गरे ।

आगामी आ.व.मा सामाजिक विकास नीतिमा महिला, दलित, आदिवासी, अपांग, पिछडा वर्ग, शिक्षा, खानेपानी तथा सरसफाई, बालबालिका, यूवा तथा खेलकुद, जेष्ठ नागरिक, वनवातावरण नीतिमा चुरेसंरक्षण, विपद् व्यवस्थापन, भू–संरक्षण र आर्थिक नीतिमा सहकारी, सीप विकास, बैकिङ, कृषि र पर्यटन जस्ता एकीकृत जिल्ला विकास योजनाको क्षेत्रगत नीतिहरुलाई प्राथमिकता दिइने जनाइएको छ ।

स्थानीय विकास अधिकारी बिमलीले चालु आर्थिक वर्षको माघमसान्तसम्मको बजेट तथा कार्यक्रम कार्यान्वयनको प्रगती विवरण समेत प्रस्तुत गरेका थिए ।

कैलाली जिविसको आगामी आर्थिक वर्ष २०७३/०७४ को नीति तथा बजेट र कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उपस्थित महानुभावहरुले हरेक विकासका योजनाहरुको रकमको सही सदुपयोग हुनपर्नेमा जोड दिएका थिए ।