२४ कार्तिक २०८३, मंगलबार

मधेसी मोर्चाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baluwatarकाठमाडौं, २८ फागुन । विगत छ महिनादेखि आन्दोलनमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउँदैछ ।

बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मधेसी मोर्चाका दोस्रो तहका नेताहरूले ओलीलाई ज्ञापनपत्र बुझाउने भएकाहुन् ।

सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार मधेसी मोर्चाले उठाएका माग, मधेस आन्दोलन, चीन भ्रमण, न्याया क्षेत्रमा भएको राजनीतिक हस्तक्षेप आदि विषयलाई समेटेर ज्ञापनपत्र बुझाउन लागिएको हो ।

विगत छ महिनादेखि तराईका विभिन्न जिल्लाहरूमा आन्दोलन गर्दै आएको मधेसी मोर्चाले आफ्नो आन्दोलनलाई केही मत्थर बनाएको छ । मोर्चाले सामान्य प्रकृतिका आन्दोलन गर्दै आएको छ ।