३१ आश्विन २०८३, शनिबार

गायिका सम्झना लामिछाने मगरसँगै झुमे दर्शक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samjhana singar (6)

बुटवल ।
चौबन्दीमा बाधेकी छु मेरो देशको माया
शिरमाथी साचेकी छु वरपिपलको छायाँ
हुर्केएकि पहाडकी कन्दरामा खेली
म नेपाली चेली हजुर, चम्पा चमेली

जव माथीका यी शव्दहरुलाई लय भरी स्वर मार्फत गुञ्जयमान बनाईन तब दर्शकको गडगडाहक तालि सँगै हुर्रेको आवाज आयो । कति थपडि पिट्न लागे त कति बसेकै ठाउँबाट उठि नृत्य गर्न लागे । मेलाको माहोलमा बेग्लै रौनक छिनभरमा भयो ।

रुपन्देहीको देवदहमा जारी दोस्रो देवदह आद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा विहिबार गायिका सम्झना लामिछानेको प्रस्तुती सँगै दर्शक झुमेका छन् ।

सम्झनाले चम्पा चमेली, मायामा धोका दिनेलाई गोली ठोकम लगाएतका गितहरु गाउँदा दर्शकहरु सम्झना सँगै झुमेका थिए । अर्घाखाँची स्थायी घर भएकी सम्झना पछिल्लो समयमा मेला तथा महोत्सवमा व्यस्त छिन भने देश बाहिरका कार्यक्रममा पनि उनलाई भ्याईनभ्याई छ ।