
काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसको खुला तर्फको केन्द्रीय सदस्यमा नेता खुमबहादुर खड्काले सबैलाई उछिनेका छन् ।
हिजो बुधबार गणना गरिएको १५० मतमा सबैभन्दा बढी ९४ मतले अग्रता लिएका खड्काले दोस्रो विहीबार पार्टी कार्यालय सानेपामा ४०० मत गणना हुँदासम्म पनि अग्रता कायमै राखेका छन् । उनलाई कसैले पनि उछिन्न सकेको छैन् ।
४०० मत गणना भएसँगै अब बाँकी गणना भोली १० बजेपछि हुने्छ । ४०० मत गनिसक्दा खड्काले २४२ मत प्राप्त गरेका छन् ।
यसैगरी प्रकाशमान सिंहले २३७ र शेखर कोइरालाले २३७ मत प्राप्त गरेका छन् भने, प्रदीप पौडेलले २३१ र बालकृष्ण खाँडले २२६ मत प्राप्त गरेका छन् ।
खुलातर्फबाट २५ जना केन्द्रीय सदस्यका लागि ९० जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।
टप २५ मा को–को ? हेर्नुस् सूचीः
१. खुमबहादुर खड्का – २४२
२. प्रकाशमान सिंह – २३७
३. डा. शेखर कोइराला – २३७
४. प्रदीप पौडेल – २३१
५. बालकृष्ण खाँड – २२६
६. बिमलेन्द्र निधी – २२५
७. महेश आचार्य– २२०
८. रमेश लेखक – २१८
९.प्रदीप गिरी – २१७
१०. पूर्णबहादुर खड्का – २१४
११. डा. रामशरण महत – २०५
१२. सुजाता कोइराला – २०५
१३. धनराज गुरुङ – २०५
१४. केबी गुरुङ – २०४
१५. विश्वप्रकाश शर्मा – २०४
१६. डा. प्रकाशशरण महत – २०३
१७. बलबहादुर केसी – १९७
१८. शंकर भण्डारी – १९४
१९. डा. मीनेन्द्र रिजाल – १९२
२०. गोपालमान श्रेष्ठ – १९१
२१. चन्द्र भण्डारी – १८७
२२. डा. नारायण खड्का – १८४
२३. बद्री पाण्डे – १८१
२४. ज्ञानेन्द्रबहादुर कार्की – १७९
२५. एनपी साउद – १७९












प्रतिक्रिया