काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणनामा प्रकाशमान सिंहले अग्रता कायमै राखेका छन् ।
३ सय मत गणना भइसक्दा सिंहले १ सय ८२ मत पाएका छन् । दोस्रोमा रहेका खुमबहादुर खड्काले १ सय ७८ मत पाएका छन् ।
त्यसैगरी प्रदीप गिरीले र डाक्टर शेखर कोइरालाले समान १ सय ७४ मत पाएका छन् भने प्रदीप पौडेलले १ सय ७१ र बालकृष्ण खाँडले १ सय ६९ मत प्राप्त गरेका छन् ।
पार्टी कार्यालय सानेपामा मतगणना जारी छ












प्रतिक्रिया