१ कार्तिक २०८३, शनिबार

काठमाडौंमा अर्काकी श्रीमती जिस्काएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Women (1)
फाइल तस्वीर

काठमाडौं, २७ फागुन । राजधानीमा एक पुरुषलाई अर्काकी श्रीमती जिस्क्याउनु महंगो सावित भएको छ ।

विवाहित महिला जिस्क्याउँदा उनले ज्यानै गुमाउनुपरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कुटपिट गरी ज्यान मारेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ ईटुम्बहाल डेरा गरी बस्ने नवलपरासी घर भएका ३० वर्षीय घनश्याम अर्याल र उनको ३० वर्षीया श्रीमती मधु आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी घर भई सोही ठाउँ डेरा गरी बस्ने ४० बर्षीय दयाराम ढकालले बुधबार मधु आचार्यलाई जिस्काएको बिषयलाई लिएर घनश्याम अर्यालले ढकाललाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।