२४ कार्तिक २०८३, मंगलबार

पौडेललाई चिन्ता नलिन देउवाको यसरी आयो सान्त्वना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deuba Nepali Congressकाठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र चुनावलाई लिएर चिन्ता नलिन रामचन्द्र पौडेललाई सम्झाउनु भएको छ ।

नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति र समर्थकहरूले आज बिहान बुढानीलकण्ठस्थित निवासमा शुभकामना दिन पुगेको टोलीसँग सभापति देउवाले पौडेललाई पराजयलाई लिएर धेरै चिन्ता नगर्न आग्रह गर्नुभएको हो । नेविसंघका नेता ऋषिकेश जंग शाहका अनुसार सभापति देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने आश्वासन दिनुभएको छ ।

‘यो चुनाव एउटा प्राविधिक विषय मात्रै हो । यसलाई आन्तरिक चुनावका रुपमा मात्रै लिनुपर्छ’, नवनिर्वाचित सभापति देउवालाई उदृत गर्दै शाहले भन्नुभयो, ‘मैले जिम्मेवारी मात्रै पाएको हुँ । सबै साथीहरूको सहयोग र सल्लाहमा कांग्रेसलाई अगाडि बढाउँछु ।’

देउवाले पराजित भएका अन्य उम्मेदवारहरूलाई पनि चुनावी प्रतिस्पर्धालाई धेरै ठूलो विषय नबनाउन पनि आग्रह गर्नुभएको छ ।

सभापति देउवासँगको भेटका क्रममा नेविसंघको महाधिवेशन छिटो गराउन पनि माग गरिएको थियो । जवाफमा देउवाले यस विषयमा आगाडि छ मिहनाभित्र एउटा निर्णय गरिने आश्वासन दिनुभएको छ ।

नेविसंघका नेताहरूले स्थानीय निकायको चुनवा, स्ववियु निर्वाचन आदिमा कांग्रेसको नयाँ नेतृत्वले ध्यान दिनुपर्ने बताएका थिए ।

सभापतिमा निर्वाचित देउवालाई शुभेच्छुक र समर्थकहरूले शुभकामना तथा बधाइ दिँदै आएका छन् ।