२४ कार्तिक २०८३, मंगलबार

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा राष्ट्रसंघका महासचिव वान-की मुन विशिष्ट अतिथि !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Un-ban-ki-moon

काठमाडौँ, २६ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल आज नेपालमा आगामी जेठमा हुने दुई हजार ५६०औँ अन्तर्राष्ट्रिय बुद्धजयन्तीका अवसरमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा निमन्त्रणा दिने लगायतका कामका लागि आज संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ ।

आगामी बौद्धजयन्तीका अवसरमा काठमाडौँमा जेठ ६ र ७ गते बौद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र ८ गते लुम्बिनीमा बुद्धजयन्ती मनाइँदैछ । विशिष्ट अतिथिका रुपमा उपस्थित हुन संयुक्त राष्ट्रसङ्घका महासचिव वान–की मुनलाई उहाँले निमन्त्रणापत्र दिनुहुनेछ । उहाँले आगामी चैत १ गते न्युयोर्कमा हुने ग्लोबल पार्लियामेन्टेयिन्स फोरम फर इभ्यालुएसन कार्यक्रममा पनि भाग लिनुहुने छ । बैठकमा मूल्याङ्कन नीति र दिगो विकास लक्ष्यबारे छलफल हुनेछ । सांसद तथा मन्त्री पोखरेल त्यसको कार्यकारी समितिको सदस्य हुनुहुन्छ । बैठकमा उहाँले सम्बोधन गर्ने कार्यक्रम छ ।

बुद्धजयन्ती सम्मेलन मूल समारोहका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव मुनलाई पठाइएको पत्र मन्त्री पोखरेलले आगामी चैत ३ गते भेटी हस्तान्तरण गर्नुहुने छ । त्यस्तै अमेरिकाको बसाइका क्रममा यही फागुन २८ र २९ गते क्यालिफोर्नियामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया, न्युयोर्कमा रहेका नेपालीसँग चैत १ गते नेपालको पर्यटन विकास तथा प्रवद्र्धन तथा चैत ३ गते अमेरिकामा रहेका विभिन्न नेपाली सङ्घसंस्थासँग अन्तक्र्रिया गरिने कार्यक्रम तय भएको छ ।

मन्त्री पोखरेलले राष्ट्रसङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय लुम्बिनी विकास समितिको बैठकमा भाग लिनुहुनेछ, जुन बैठक सन् २००५ पछि यस वर्ष बस्दैछ ।