३१ आश्विन २०८३, शनिबार

‘भद्रगोल’ पुनःप्रशारण हुँदै, अब पेट मिचिमिचि हसाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhadragol-team

काठमाडौं । नेपाल टेलिभिजनको चर्चित हास्य टेलिश्रृखला ‘भद्रगोल’ अर्काे साताबाट प्रशारणमा आउने भएको छ ।

छोटो समयमै दर्शकको मन जितेर चर्चित बनेको भद्रगोल केहि समय अघि आर्थिक तथा आन्तरिक विवादका कारण बन्द भएको थियो ।

तर, अब आउँदो शुक्रबारबाट पुनः प्रशारण हुने कलाकार सागर लम्साल ‘बले’ ले जानकारी दिए । उनले पहिलेकै जसरी भद्रगोल अब नियमित रुपमा प्रशारण हुने पनि विश्वास व्यक्त गरे ।

सामाजिक संजाल फेसबुकमार्फत समेत भद्रगोलका कलाकारहरुले आउँदो हप्ताको शुक्रबारबाट भद्रगोल पुनः प्रशारण हुने जानकारी दिएका छन् ।

छोटो समयमा निकै चर्चा कमाएको भद्रगोल विगत २ वर्षदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको थियो । अब पुरानै समयअनुसार भद्रगोल प्रशारण हुने टिमको ठम्याई छ ।

भद्रगोलसँगै बन्द भएका मेरी बास्तै, तितो सत्य र जिरे खुर्सानी पुनःप्रशारणबारे भने केही खबर आएको छैन् ।