२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसमा ० र १ मत मात्रै पाउने यी हुन् ‘महान’ उम्मेदवार (एक-एकको नामसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress Matpatra

– विमल योगी
काठमाडौं, २६ फागुन । नेपाली काँग्रेसको १३ औं महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

यसैक्रममा निर्वाचन समितिले खुलातर्फको मतगणनाको प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ ।

खुला २५ पदका लागि ९० जनाले प्रतिस्पर्धा गरेको निर्वाचनको मतपरिणामअनुसार धेरैले मात्र १ मत पाएका छन् । केहीले एक पनि मत नपाई ० मा बस्नुपरेको छ ।

५० अंकको मत गणना भइसक्दा १ र ० मत मात्रै पाउने उम्मेदवार यसप्रकार छनः

उत्तरबहादुर ऐर- १
कमलेशकुमार शर्मा- ०
गजेन्द्र कार्की- १
घनश्याम रेग्मी- १
प्रदीपराज शर्मा- ०
प्रविन वन- ०
प्रशान्तमानसिह मास्के- ०
बल बहादुर खवास- १
वर्षराम भण्डारी- ०
युवराज शर्मा- १
सिताराम भण्डारी- १
सुनीलनरसिह राणा- ०
हरिबहादुर खड्का- ०
साधुराम खड्का- १