२४ कार्तिक २०८३, मंगलबार

सभापतिमा जितेपछि देउवालाई भारतबाट आयो कोसेली, के छ कोसेलीमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Congressकाठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई भारतले बधाईसहितको कोसेली पठाएको छ ।

देउवा १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् । महाधिवेशनमा उनलाई ‘भारतले चाहेको उम्मेदवार’ भनिएको थियो ।

बुधबार एक सन्देश पठाउँदै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले देउवालाई बधाई दिएकी छिन् । उनले नेपाल–भारतबीच पुर्खाैदेखि रोटीबेटीको सम्बन्ध रहेको भन्दै यो सम्बन्धलाई कांग्रेसको नयाँ नेतृत्वले थप उचाईमा पुगाउने विश्वास व्यक्त गरेकी छिन् ।

देउवालाई पठाइएको कोसेलीमा भनिएको छ- भारत सरकार कांग्रेसको नयाँ नेतृत्वसँग सहकार्य गर्न तयार छ । जसले भारत र नेपालको सम्बन्ध अझ उचाईमा पुगोस ।

साथै भारतले देउवालाई सफल कार्यकालको शुभकामना पनि दिएको छ ।

हेर्नुस् कागजी कोसेलीः

Indian-Embassy