काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षका लागि आइतबार भएको निर्वाचनको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ ।
पछिल्लो मतपरिणामअनुसार गगन थापा माथि उक्लिएका छन् । अघिल्लो मतपरिणाममा तीन सय मतकै वरिपरि रहेका गगनले माथि उक्लिदै चार मत कटाएका छन् । उनले ४०७ मत प्राप्त गरेका छन् ।
यद्यपी कुल मतसंख्यामा भने शशांक कोइरालाकै अग्रता कायम छ । शशांकले ९९१ मत प्राप्त गरेका छन् ।
यसैगरी गगनका ससुरा अर्जनुनरसिह केसीले ७१३ मत प्राप्त गरेका छन् ।
मतगणना जारी छ ।












प्रतिक्रिया