२४ कार्तिक २०८३, मंगलबार

सभापतिमा निर्वाचित भएपछि देउवाले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbhadur-Deuba-1काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् ।

कांग्रेसको सभापति बनेपछि देउवाले निर्वाचनको परिणाम कसैको हारजित नभएर सिंगो प्रजातान्त्रिक प्रणालीमा सबै नेता र कार्यकर्ताको जित भएको बताए ।

पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले भने– ‘यो कसैको हारजित नभएर सिंगो प्रजातान्त्रिक प्रणाली, नेपाली कांग्रेस र देशको जित हो ।’

यो परिणामलाई हार र जितको रुपमा नलिन सबै नेता, कार्यकता तथा महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्दै देउवाले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता जनाए ।