
– विमल योगी
काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना पुनः सुरु भएको छ ।
राष्ट्रिय सभागृहमा राति साढे ८ बजेबाट सुरु भएको मतगणना कार्यक्रम बीचमा फर्जी मतपत्र भेटिएपछि रोकिएको थियो ।
पछि भेटिएका फर्जी मत गणना नगर्ने सहमतिपछि रोकिएको मतगणना पुनः सूचारु भएको हो ।
फर्जी मतलाई बदर गरिएको छ ।












प्रतिक्रिया