२४ कार्तिक २०८३, मंगलबार

जब पूर्वराजा ज्ञानेन्द्र पशुपतिनाथ मन्दिर पसे…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra-Saha-2

काठमाडौं, २४ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह सोमबार साँझ पशुपतिनाथ मन्दिर पुगेका छन् ।

हिन्दूहरुको महान पर्व शिवरात्रिका अवसरमा दर्शन गर्न पूर्वराजा ज्ञानेन्द्र पत्नि कोमलसँगै पशुपतिनाथ मन्दिर पुगेका हुन् ।

साँझ ६ः४५ बजे पूर्वराजा ज्ञानेन्द्र पशुपति छिर्दा हुटिङ सुरु भएको थियो । उनले करिब १० मिनेटसम्म पशुपतिमा पूजा गरे । त्यसपछि बाहिर निस्कँदा हजारौं समर्थकहरुले घेरेर नाराबाजी गरे ।

Gyanendra-Saha-3

दर्शन गर्न १० मिनेट लगाएका पूर्वराजा ज्ञानेन्द्रले २० मिनेटसम्म समर्थकको नारा सुने । पशुपतिनाथ परिसरमा करिब २० मिनेटसम्म आफ्नो पक्षमा नाराबाजी भएपछि उनी हर्षित देखिन्थे ।

समर्थकहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, श्री ५ महाराजधिराज सरकारको जय र राजा आऊ देश बचाऊ’ भन्दै चर्काे नारा लगाएका थिए ।

Gyanendra-Saha

Ex-King Gyanendra Shah visit the damaged area at basantapur and hanuman dhoka durbar square after a prayer at Makhhan Mahadev Temple for the people who died during the massive earthquake on Wednesday. July 22 2015. PHOTO/SANJOG MANANDHAR