२४ कार्तिक २०८३, मंगलबार

अन्ततः गगन थापाको समर्थन पनि देउवालाई, ससुरालाई भने नछाड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gagan-Thapa-Deuba

काठमाडौं, २४ फागुन । पहिलो चरणको निर्वाचनमा सबैभन्दा पछाडी परेका नेपाली कांग्रेस १३औं महाधिवेशनका सभापति उम्मेदवार कृष्णप्रसाद सिटौलाले आफ्नो समर्थन शेरबहादुर देउवालाई दिएका छन् ।

अब सभापतिमा देउवा र रामचन्द्र पौडेल मैदानमा छन् । भर्खरै दोस्रो चरणको निर्वाचन सुरु भएको छ । उक्त निर्वाचनमा सिटौलाले देउवालाई समर्थन गरेका हुन् ।

यसैक्रममा सिटौला प्यानलका महामन्त्री एवं चर्चित युवा नेता गगन थापाले पनि आफ्नो समर्थन देउवालाई नै दिएका छन् । उनले सभापतिका अर्का उम्मेदवार पौडेलको प्रस्ताव अस्वीकार गर्दै सभापतिमा देउवालाई समर्थन गरेको उनी निकतस्थ स्रोतले जनाएको छ ।

स्रोतका अनुसार संस्थापन भनेर चिनिने सिटौला प्यानलका गगनले पौडेल हार्ने देखिएपछि अन्तिममा आएर देउवालाई समर्थन गरेका हुन् ।

यद्यपी देउवाको प्यानलमा गगनका ससुरा अर्जुनरसिंह केसी महामन्त्रीका उम्मेदवार छन् । महामन्त्रीमा भने ससुुरासँग गगन भिडिसकेका छन् । यसको मतगणना हुन बाँकी छ । नतिजा भोलीसम्म आउनेछ ।