२४ कार्तिक २०८३, मंगलबार

एमाले स्थायी समितिमा सरकारको समीक्षा हुँदै, समितिको बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP{ Oli Pm Nepalकाठमाडौं, २४ फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारको कामकारबाहीका विषयमा छलफल गर्न एमालेको स्थायी समितिको बैठक आज पनि बस्दैछ ।

बालुवाटारमा दिउँसो १ बजेपछि बस्ने बैठकमा सरकारको कामकारबाहीका विषयमा छलफल हुने बुझिएको छ । सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै असन्तुष्टि आइरहेका बेला स्थायी समितिको बैठक बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका विषयमा पनि छलफल हुनेछ । छलफलमा चीनसँग गर्ने भनिएका सम्झौताहरुमा पनि परामर्श हुने बुझिएको छ ।

यसअघि हिँजो बसेको स्थायी समिति बैठकाम प्रधानमन्त्री ओलीको भारत भ्रमण र त्यसको समीक्षा भएको थियो । एमालेले प्रधानमन्त्रीको भारत भ्रमणलाई सकारात्मक भन्दै फलदायी भएको जनाएको छ ।