
काठमाडौं, २४ फागुन । मनोनित प्रतिनिधिले मतदान गर्न नपाएपछि नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा झण्डै कुटाकुट स्थिती सिर्जना भएको छ ।
खासगरी वरिष्ठ नेता शेरबहादुर देउवा प्यानलका नेताहरु आक्रामक रुपमा प्रस्तुत भएका छन् । संस्थापन समूहका नेता तथा प्रतिनिधिले मतपेटिका रोकेपछि र मतगणनामा अवरोध पुगाएपछि देउवा पक्ष आक्रोशित बनेको हो ।
कांग्रेसमा मनोनित ३० जनाले मतदान गर्न पाएका छैनन् । जसले संस्थापन र देउवा पक्षको शितयुद्ध बढेको देखिएको हो । दिनभरी लाइनमा बसेर अन्तिममा मत हाल्न नपाएपछि मनोनित प्रतिनिधि पनि आक्रोशित देखिएका छन् ।
सबै आक्रोशित मुडमा निर्वाचन समितिमा खनिएपछि नेताहरुको झगडा सतहमा देखिएको हो । राति सवा ११ बजे पूर्वमन्त्रीहरु मिनेन्द्र रिजाल र बालकृष्ण खाँडको बीचमा चर्काचर्की परेको थियो । राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको अस्थाई कार्यालयमा खाँडले निर्वाचन समितिका अध्यक्ष राधेश्याम अधिकारीलाई तुरुन्त मतगणना प्रकृया शुरु गर्न भनेपछि खाँड र रिजालबीच झगडा भएको हो ।
दुबैबीच झगडा हुनुको कारण मनोनित प्रतिनिधि थियो । मनोनित प्रतिनिधिकै कारण अहिलेसम्म मतदान सुरु हुन सकेको छैन् । देउवा प्यानलका खाँडले संस्थापनका मिनेन्द्रलाई साप थर्काएका थिए ।












प्रतिक्रिया