
– विमल योगी
काठमाडौं, २४ फागुन । लामो विवादकाबीच नेपाली कांग्रेसको महाधिवेशनमा सभापति चयनका लागि मतगणना सुरु भएको छ ।
कांग्रेसको निर्वाचन समितिका अनुसार नयाँ नेतृत्व चयन गर्नको लागि मतदान प्रक्रिया सम्पन्न भएको झण्डै चार घण्टापछि सभापतिको उम्मेदवार चयनका लागि राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो ।
राति १ बजेर ४५ मिनेटमा सुरु भएको मतगणनाको नतिजा ३ घण्टापछि आउने बताइएको छ । यसअघि १० बजेबाट मतगणना सुरु हुने भनिएको थियो ।
मनोनित प्रतिनिधिलाई मताधिकार नदिने निर्णय गर्दै तीन समूह बनाएर मत गणना सुरु भएको हो ।

१३ औं महाधिवेशनमा पार्टीको नेतृत्व लिन कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्ण सिटौलाले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
महामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यहरुको मत गणना भने भोलीबाट पार्टी केन्द्रीय कार्यालय सानेपाबाट गणना हुनेछ ।
मतदान प्रक्रियामा सहभागी ३ हजार १ सय ६१ जना मध्ये ३ हजार १ सय ४७ मत मात्र खसेको छ । बाँकी १३ जना अनुपस्थित रहेका थिए । सभापतिमा निर्वाचत हुनको लागि १६ सय मत ल्याउनुपर्नेछ ।

तस्वीहरुः राके चापागाईंबाट ।












प्रतिक्रिया