२४ कार्तिक २०८३, मंगलबार

मध्यराति देउवाले भनेकै भयो, संस्थापनका ३० जनाले भोट हाल्न नपाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbhadur-Deuba-2

– विमल योगी
काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका मनोनित प्रतिनिधिले महाधिवेशनमा मतदान गर्न नपाउने भएका छन् ।

लामो विवादपछि भर्खरै यो विषयको टुंगो लागेको हो । राष्ट्रिय सभागृहमा भएको छलफलबाट कांग्रेस निर्वाचन समितिको बहुमतले उनीहरुलाई मताधिकार नदिने निर्णय गरेको हो ।

समितिका संयोजक राधेश्याम अधिकार र सदस्य खमबहादुर खातीले ती प्रतिनिधिलाई मताधिकार नदिने भनेपछि बहुमतको आधारमा उनीहरुलाई मतदान गर्न नदिने भएको हो । समिति सदस्य गोपालकृष्ण घिमिरेले उनीहरुलाई मताधिकार दिनुपर्ने बताएका थिए ।

घिमिरेले परम्परा तोड्दै मतदान गर्न नदिने समितिको निर्णयमा नोट अफ डिसेन्ट लेखेका थिए । तर, बहुमतका अगाडि उनको केही लागेन ।विधानले दिएको व्यवस्थाअनुसार भन्दै गुमाउरो भाषामा मनोनित ३० जना प्रतिनिधीलाई मतदानबाट वञ्चित गराइएको हो ।

जसमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको दबाब रहेको बताइन्छ । देउवा पक्षले कुनै हालतमा मतदान गर्न नदिने अडान लिएको थियो ।