२४ कार्तिक २०८३, मंगलबार

सभापतिमा देउवा, महामन्त्रीमा कोइराला ? यस्तो देखियो काँग्रेसको सम्भावित परिणाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress senior leaders Ram Chandra Paudel (left) Sher Bahadur Deuba (centre) and Krishna Prasad Sitaula. Photos: THT

– कमलराज भट्ट / समाचार टिप्पणी

काठमाडौँमा नेपाली कांग्रेसका कार्यकर्ताको सबैभन्दा ठूलो चाड अर्थात पार्टीको केन्द्रीय महाधिवेशन चलिरहेको छ । मतदान सकिँदै गर्दा अब कस्तो नेतृत्व आउला ? अनि कस्ले बाजी मार्ला भन्ने एकखाले आंकलन गर्न थालिएको छ । स्वदेश तथा विदेशमा रहेका लाखौँ काँग्रेसजन अहिले यही अनुमान, आंकलन र विश्लेषण गर्न व्यस्त छन् । तर, काँग्रेस महाधिवेशनस्थलमा यो पंक्तिकार उपस्थित भएर हेर्दा खास आंकलन भने यस्तो देखिएको छ ।

पहिलो,

सभापतिमा शेरबहादुर देउवा

महामन्त्रीमा संशाक कोइराला

देउवा खतरामुक्त छैनन्  !  

बलियो सम्भावना हुँदाहुँदै पनि देउवाका सामु केही खतरा भने छन् । विगत लामो समयदेखिको तयारी, भातृ संगठनमा वर्चश्वले जारी महाधिवेशनबाट देउवाको पल्लाभारी हुने देखिएको छ । तर, देउवाले पहिलो चरणमै जित्नुपर्ने हुन्छ । यदि पहिलोचरणमा उनले जित्न सकेनन् भने रामचन्द्र पौडेलको सम्भावना बलियो हुनेछ ।

सभापतिमा संस्थापन पक्षबाट विद्रोही उम्मेदवार बनेका कृष्ण सिटौला पक्षले सभापतिमा देउवालाई भन्दा पौडेललाई सघाउने सम्भावना रहनेछ । यस्तो अबस्थामा महामन्त्रीका उम्मेदवार गगन थापा भने सबैभन्दा ठूलो संकटमा पर्नेछन् । पहिलो चरणमा अध्यक्ष र महामन्त्री दुवैले बहुमत ल्याउन नसके थापाले आफ्नै ससुरा अर्जुननरसिंह केसी जो देउवा प्यानलबाट उठेका छन्, उनलाई सघाउने सम्भावना बलियो हुनेछ । उनले संस्थापनका उम्मेदवार संशाक कोइरालालाई भन्दा पनि आफ्नै ससुरा अर्जुननरसिंह केसीलाई सघाउनेछन् । स्वभाविक रुपमा आफ्नो पक्ष र गगन पक्षको पनि मत पाउँदा अर्जुननरसिंह महामन्त्रीमा विजेता बन्नेछन् । काँग्रेस महाधिवेशनलाई नजिकबाट हेरिरहेका प्रतिनिधिहरु भन्छन्, पहिलो चरणको चुनावमा तेस्रो बन्ने शक्ति नै दोस्रो चरणको चुनावमा निर्णायक बन्नेछ । पहिलो चरणमा देउवाले बहुमत ल्याउन नसके सिटौलाको सहयोग रामचन्द्र पौडेललाई हुनसक्छ, महामन्त्रीमा गगनको सहयोग ससुरालाई हुनेछ । त्यतिबेला सम्भावित परिणाम यस्तो आउनेछः

सभापतिः रामचन्द्र पौडेल

महामन्त्रीः अर्जुननरसिंह केसी

प्रभुको ‘इच्छा’ !

हुन त कृष्ण सिटौला नेतृत्वको टिमलाई पार्टीभित्रकै विरोधीहरुले अनेक आरोप पनि लगाएका छन् । सिटौलाको टिमलाई भारतको उम्मेदवारको रुपमा पनि काँग्रेसभित्रै टिप्पणी गरिएको छ । अघिल्लो महाधिवेशनमा संस्थापन पक्षबाटै ‘टिके’ महामन्त्री बनेका सिटौला आफै अध्यक्षको उम्मेदवारको रुपमा अगाडि आउने हिम्मत गर्नुले पनि विभिन्न टिप्पणी भएको हुनसक्छ । कांग्रेसीजनहरुले भनेझैँ यदि सिटौला पक्षलाई भारतकै सहयोग छ भने भारतले जो चाहन्छ, काँग्रेसमा उही अध्यक्ष बन्छ । किनकी पहिलोचरणको चुनावमा सिटौला तेस्रो बन्नेछन् । देउवाले पहिलो चरणको चुनावमै बहुमत ल्याउन नसकेपछि सिटौला पक्ष निर्णायक बन्नेछ । त्यतिबेला काँग्रेसजनले आशंका गरेझैँ सिटौला वा भारतीय पक्ष नै हाबी हुनेछ । अनि छिमेकी ‘प्रभु’ले जो चाहन्छ, उही पार्टी सभापति बन्नेछ ।

जुवाको खालमा गगन

लाटो लड्छ सजिलै उठ्छ तर बाठो लड्यो भने नराम्ररी थेचारिन्छ र हत्तपत्त उठ्न सक्दैन । यो भनाइ गगनको राजनीतिमा मेल खाने प्रवल सम्भावना छ । गगनलाई काङ्ग्रेसभित्र दोस्रो पुस्ताको नेताको रूपमा लिइन्छ । जस्तो बाहिर लोकप्रिय छन् त्यो भन्दा बढी उनी पार्टी भित्र दबिएका र हेपिएका ब्यक्ति हुन् । यसपालि भने कसैको उक्सावटमा संस्थापन पक्षलाई हराउन खोज्दा गगनले आफ्नै अस्तित्वको जुवा हार्ने सम्भावना धेरै देखिन्छ ।