
काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति पदका लागि भएको मतदान कार्यक्रम सकिएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ९ बजेर ३४ मिनेट मतदान सकिएको हो । जसअनुसार कनु ३ हजार १६१ मतमध्ये ३१४७ मत खसेको हो । १३ मत खसेको छैन् । भने ३० मतको विवाद कायमै छ ।
काँग्रेसको सभापति पदका लागि कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला प्रतिस्पर्धामा हुनुहुन्छ ।
मतगणना १० बजेपछि पार्टी कार्यालय सानेपामा सुरु हुँदैछ ।












प्रतिक्रिया