२४ कार्तिक २०८३, मंगलबार

फोटोमा हेर्नुस् कांग्रेसको महाधिवेशन रौनक, राष्ट्रियसभा गृहमा मतदान जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gagan-thapa

काठमाडौँ, २३ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि सभापतिका तीनै उम्मेदवार रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहसहित निर्वाचनमा होमिनुभएको छ ।

आज बिहान ८.४५ बजेदेखि सुरु भएको निर्वाचनमा पदाधिकारीसहित ६४ पदमा ३११ उम्मेदवारले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । सभापतिका उम्मेदवारको तीन वटै समूहमा रहेका व्यक्तिको नाम सहितको सूची गोप्य रुपमा महाधिवेशन प्रतिनिधिलाई वितरण गरिएको छ । सभापतिका उम्मेदवार पौडेल र देउवा समूहले पूरै ६४ जनाको नामसहितको सूची आफ्ना पक्षका मतदातालाई तथा सिटौला समूहले केही नाम खाली राखेर सूची वितरण गरेको महाधिवेशन प्रतिनिधिले जानकारी दिएका छन् ।

Congress-Mahadabashion

तीनै सूचीमा सभापति, महामन्त्री, कोषाध्यक्ष, खुला सदस्य, आरक्षण सदस्य र प्रदेश सदस्य सहितका नाम उल्लेख छ । गोप्य रुपमा वितरण गरेको भनिएका ती सूची सार्वजनिक भएपछि सम्बन्धित समूहका तर सूचीमा नपरेका उम्मेदवार भने आक्रोशित देखिएका छन् । कतिपय उम्मेदवारले भने ती सूची भ्रामक भएको जनाएका छन् ।

केही मतदाताले मोबाइलबाट आफ्नो मतपत्रको फोटो खिंचेको भेटिएपछि प्रहरीले अहिले त्यसमा कडाइ गरेको छ । मतदान प्रक्रियालाई सहज र छिटो बनाउन नौ किसिमका मतदानपत्र, पाँच ब्लक र १३५ कक्षको व्यवस्था गरिएको छ । मतपत्र लामो र विभिन्न किसिमका भएकाले मतदान गर्न १५ देखि २० मिनेटसम्म लाग्ने गरेको मतदाताले बताएका छन् ।

Congress-Mahadabashion-3

मतदानका लागि राष्ट्रियसभा गृहको द्वारबाट प्रवेश गर्ने र महेन्द्र पुलिस क्लबबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

निर्धारित समयभन्दा ४५ मिनेट ढिला सुरु भएको मतदानमा समय थप्ने बारेमा अहिलेसम्म कुनै निर्णय नभएको केन्द्रीय निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । यद्यपि अपराह्न ४ बजेसम्म राष्ट्रियसभा गृहको प्राङ्गणभित्र प्रवेश गरिसकेका मतदाताले भने मतदान गर्न पाउने बताइएको छ । रासस

Krishna-Ramchandra-PaudelSherbhadur-Deuba-2Sherbhadur-Deuba-1Sujata-KoiralaPrakashman-sing-1Arjunnarsing-kcKb-GurungCongress-Mahadabashion-2Congress-Mahadabashion-5