
काठमाडौं, २३ फागुन । विश्वबाटै नाकाबन्दी खेपिरहेको उत्तर कोरियालाई अर्काे झट्का लागेको छ ।
उसलाई फिलिपिन्सले चुनौति दिँदै एक ठूलो पानी जहाज नियन्त्रणमा लिएको हो । परमाणु कार्यक्रमका कारण संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाइरहेकै बेला फिलिपिन्स प्रवेश गरेको उत्तर कोरियाली पानी जहाज जफत गरिएको हो ।
नियन्त्रणमा लिइएको पानीजहाज उत्तर कोरियाको जहाजरानी कम्पनीको रहेको र सो पानीजहाज उत्तर कोरियाको ३१ वटा ठूला पानीजहाज मध्ये एक हो ।
बीउ बिजनसहितको उक्त जहाज नियन्त्रणमा लिएपनि चालकदलका सदस्यलाई भने उत्तर कोरियाकै जिम्मा लगाइने अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।
तर, पानीजहाज भने कुनैहालतमा फिर्ता नगर्ने फिलिपिन्स सरकारले जनाएको छ । अन्तर्राष्ट्रिय विरोध हुँदाहुँदै रकेट प्रक्षेपण गरेपछि उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले कडा नाकाबन्दी लगाएको छ । नाकाबन्दीपछि उत्तरकोरियामा चरम भोकमरी आएको बताइन्छ ।















प्रतिक्रिया