२४ कार्तिक २०८३, मंगलबार

एमाले नेता माधव नेपालको आज जन्मदिनः बालुवाटारमा ओलीले केक काटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-nepal-birthday-celebrate

काठमाडौं, २३ फागुन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको आज ६४ औं जन्मदिन परेको छ ।

जन्मदिन मनाउन पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपाल आइतबार विहानै प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । जहाँ पार्टीका शीर्ष नेताहरुमाझ जन्मदिन मनाउनुभयो । पूर्वप्रधानमन्त्री नेपालको जन्म विसं २००९मा आजकै दिन रौतहटमा भएको हो ।

बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई ‘ह्याप्पी वर्थ डे’ भन्दै केक काट्नुभयो त्यसपछि सबैभन्दा पहिला नेपाललाई खुवाउनुभयो । केक खुवाउन कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले साथ दिनुभयो ।

जन्मदिन मनाउन एमाले उपाध्यक्ष भीम रावल र युवराज ज्ञवाली, सहमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, ओलीका सहयोगी इन्द्र भण्डारी लगायत उपस्थित हुनुहुन्थ्यो ।

यसैबीच नेता नेपाललाई जन्मदिनको शुभकामना दिने शुभचिन्तकहरुको घुइचो नै लागेको छ ।

Oli-nepal-birthday-celebrate-2 Oli-nepal-birthday-celebrate-3 Oli-nepal-birthday-celebrate-4Oli-nepal-birthday-celebrate-1