२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु, मतपत्र धेरै भएपछि ढिलाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12814017_10153971272547329_2790981284939943500_n

काठमाडौं, २३ फागुन । कांग्रेसको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह परिषदमा बिहान करिब सवा ९ बजेदेखि मतदान सुरु भएको हो ।

मतदान बेलुका ४ बजेसम्म चल्नेछ । मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु लाइनमा बसेका छन् । धेरै उम्मेदवार र मत पत्र लामो तथा धेरै भएकाले मतदान प्रक्रियामा ढिलाइ भएको मतदाताहरुले गुनासो गरेका छन् ।

निर्धारित समयभन्दा झण्डै एक घण्टा ढिला गरेर कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान भएको हो ।

सभापतिमा तीन समूह मैदानमा छन् । संस्थापनबाट रामचन्द्र पौडेल नेतृत्वको समूह रहेको छ । वरिष्ठ नेता शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले पनि आआफ्ना समूह बनाइ प्रतिस्पर्धामा उत्रिएका छन् ।