२४ कार्तिक २०८३, मंगलबार

देउवा समूहद्धारा लिष्ट सावर्जनिक, को-को छन् सूचीमा ? संस्थापनमा को-को परे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12243077_583189155181188_1336169643678488727_nकाठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा समूहले आफ्नो प्यानलको सूची सार्वजनिक गर्नुभएको छ । नेता देउवाले आफ्नो पक्षका उम्मेदवारहरुलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरुसँग आग्रह गर्नुभएको छ ।

मतदान सुरु हुन केही समयअघि सार्वजनिक भएको सूचीमा केही चर्चित नामहरु रहेका छैनन् । सूचीमा सभपातिमा देउवा, महामन्त्रीमा अर्जुन नरसिंह केसी, कोषाध्यक्षमा चिललेखा यादवलाई राखिएको छ ।

खुला २५ केन्द्रीय सदस्यमा देउवा समूहले गोपालमान श्रेष्ठ, कुलबहादुर खड्का, विमलेन्द्र निधी, पूर्णबहादुर खड्का, खुमबहादुर खड्का, प्रदीप गिरी, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, डा.प्रकाश शरण महत, एनपी साउद, मनमोहन भट्टराई, डिना महालक्ष्मी उपाध्याय, सूर्यमान गुरुङ, चन्द्र भण्डारी, रमेश लेखक, ध्रुब वाग्ले, रामहरि खतिवडा, उदयशम्शेर राणा, विश्वप्रकाश शर्मालगायतलाई राखेको छ ।

उता, संस्थापन समूहले भने आफ्नो प्यानलको सूची नबनाएको स्रोतको भनाइ छ । पदाधिकारी बाहेक अन्य पदहरुमा आआफूले प्रतिस्पर्धा गर्न छुट दिइएको छ । संस्थापनमा सभापतिमा रामचन्द्र पौडेल, महामन्त्रीमा डा.शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव रहेका छन् ।

तर संस्थापनले प्रा.डा.गोविन्दराज पोखरेल, सुजाता कोइराला, दीपक गिरी, शेखर कोइराला, प्रकाशमान सिंह, राजु खनाल, अनिता देवकोटा, विमला नेपाली, प्रदीपराज शर्मा, महेन्द्र शर्मा, उषा गुरुङ आदिलाई अगाडि सारेको छ ।

संस्थापनकै विद्रोही समूहले पनि सूची बनाएको छैन । पदाधिकारी र केही सदस्यहरुलाई मात्रै कृष्णप्रसाद सिटौला समूहले मत माग्ने गरेको छ ।

12495230_585003258333111_176842211194603636_n