२४ कार्तिक २०८३, मंगलबार

भृकुटीमण्डपमा दोहोरी खेल्दै कांग्रेस कार्यकर्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, २२ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेताहरुले चुनावी प्रचारलाई तिव्र पारेका छन् । काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र जारी रहँदा कांग्रेसका अधिकांश नेता तथा कार्यकर्ता चुनावी प्रचारमा जुटेका छन् ।

आफ्नो समूहप्रति प्रतिनिधिहरुको ध्यान केन्द्रीत गर्न कार्यकर्ताहरुले दोहोरी गान गाएर भृकुटीमण्डपको वातावरण गुन्जायमान बनाएका छन् । विशेष गरी कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाको पक्षमा विभाजित कार्यकर्ताहरुले दोहोरी गीत गाएर नाचगान गरिरहेका छन् ।

पौडेल समर्थकले दोहोरी गीतलाई बढी प्राथमिकता दिएका छन् भने देउवा समर्थकले देउडा गीत गाएर मनोरन्जन गरिरहेका छन् । महाधिवेशनस्थलमा पुग्ने जोसुकैलाई पनि लाग्छ यहाँ कुनै लोकदोहोरी प्रतियोगिता आयोजना भइरहेको छ । तर त्यो कुनै प्रतियोगिता नभएर कांग्रेस कार्यकर्ताले आफ्ना नेताको पक्षमा भोट माग्न गरिएको प्रचार अभियान हो । ठूलोठूलो स्वरमा गाइएको लोकदोहोरी र देउडा गीतले बाटो हिँड्ने सर्वसाधारण पनि आकर्षित गर्ने गरेको छ ।

कांग्रेसको महाधिवेशनमा नेताहरुले ठूलो खर्च गरिरहेको देखिन्छ । चुनावी प्रचार हेर्दा संसदीय निर्वाचन लड्न लागेझैं उम्मेदवारहरुले खर्च गरेको देखिन्छ । सभापतिदेखि केन्द्रीय सदस्यमा उम्मेदवार दिएकाहरु अधिकांशले ठूलो तामझामका साथ प्रचार गरिरहेका छन । भृकुटीमण्डप कांग्रेसको चार तारे झन्डा, उम्मेदवारहरुका पर्चा, पम्प्लेट र होर्डिङबोर्डले सिंगारिएको छ ।