२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसको बन्दसत्रमा संस्थापन र देउवा समूहबीच ‘भनाभन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congresssकाठमाडौं, २२ फागुन । नेपाली कांग्रेसको बन्दसत्रमा संस्थापन समूह र वरिष्ठ नेता शेरबहादुर देउवा समूहबीच अघिल्लो (१२औँ महाधिवेशन) नेतृत्वले काम गर्न नसकेको भन्दै आलोचना र बचाउ गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डमा आज पनि जारी बन्दसत्रमा बोल्ने जिल्ला सभापतिहरूले अघिल्लो पटक (सुशील कोइरालाको नेतृत्व) निर्वाचित भएर आएको नेतृत्वले काम गर्न नसकेको भन्दै चर्को आलोचना गरेका हुन् । आलोचना गर्नेमा नेता देउवा समूहका जिल्ला सभापतिहरू रहेको एकजना महाधिवेशन प्रतिनिधिले जानकारी दिए ।

नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘वरिष्ठ नेता शेरबहादुर देउवा समूहका जिल्ला अध्याक्षहरूले सुशील कोइरालाको नेतृत्वमा रहेको कार्यसमितिले कुनै पनि काम राम्रोसँग गर्न सकेन । संगठन भताभुङ्ग भयो ।’

तर देउवा समूहका जिल्ला अध्यक्षहरूले सुशील कोइरालाको नेतृत्वा मुलुकले नयाँ संविधान पाएको भन्दै त्यसलाई उपलब्धिका रुपमा लिनुपर्ने बताएका थिए ।

Nepali Congress Raju Khanal daiसंस्थापन समूहका जिल्ला सभापतिहरूले भने नेतृत्वले काम गर्न खोज्दा पनि पार्टीभित्रैबाट विरोध भएको भन्दै बचाउ गरेको ती प्रतिनिधिले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधि महेन्द्र शर्माले मध्यान्ह साढे १२ बजेसम्म करिव १६ जिल्लाका सभापतिहरूले आ–आफ्नो धारणा राखेको जानकारी दिए । ‘जिल्ला सभापतिहरूले बोलिरहनु भएको छ । सम्भवत सबै जिल्ला सभापतिहरूलाई बोल्न समय दिइनेछ ।’

नेपाल प्रेस युनियनका महासचिव एवम् महाधिवेशन प्रतिनिधि अजयबाबु सिवाकोटीले बन्दसत्रमा ४०/६० को भागबन्डाको राजनीति अन्त्यका लागि जोडदार माग उठेको बताए । ‘कांग्रेसको संगठनलाई मजबुद बनाइनु पर्छ’, बन्दसत्रका विषयमा जानकारी दिँदै उनले भने, ‘पार्टीलाई भागबन्डाको राजनीतिबाट मुक्त गराउन यो १३ औँ महाधिवेशनले विवेकले नयाँ नेतृत्व चयन गर्नुपर्छ ।’

बन्दसत्र बेलुकासम्म चल्नेछ । बन्दसत्र चलिरहेपनि महाधिवेशन प्रतिनिधिहरू हलमा बस्न मानेका छैनन् । बन्दसत्रको हलमा अत्यन्तै न्यून प्रतिनिधिहरू रहेको एक प्रतिनिधिले बताए ।