२४ कार्तिक २०८३, मंगलबार

काग्रेस महाधिवेशनः बन्दसत्रमा तीन वटा प्रतिवेदन मात्रै पेश, भोलिबाट छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Bandasatra 1काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसको १३औँ महाधिवेशनअन्तर्गतको आजबाट सुरू भएको बन्दसत्रमा कार्यबाहक सभापति रामचन्द्र पौडेलको नीति तथा कार्यक्रमसहित तीन वटा प्रतिवेदन पेश भएका छन् ।

बन्दसत्रमा कार्यबाहक सभापति पौडेलका तर्फबाट केन्द्रीय सदस्य महेश आचार्यले नीति तथा कार्यक्रम पेश गर्नुभएको महाधिवेशन प्रतिनिधि अनिता देवकोटाले जानकारी दिनुभयो ।

‘कार्यबाहक सभापतिको तर्फबाट आज नीति तथा कार्यक्रम पेश भएको छ’, उहाँले भन्नुभयो, ‘महामन्त्री प्रकाशमान सिंह र कोषाध्यक्षले पनि आ–आफ्नो प्रतिवेदन बन्दसत्रमा पेश गर्नुभएको छ । यी सबै प्रतिवेदनमा भोलिदेखि छलफल हुनेछ ।’

कार्यबाहक सभापतिको नीति तथा कार्यक्रममाथि भोलिदेखि समूह बनाइ छलफल गरिनेछ ।

यसैबीच, कांग्रेसको बन्दसत्र भृकुटीमण्डपमा भइरहेका बेला बाहिर सडकमा भने पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारहरूका समर्थकले नारावाजी गरेका छन् । उनीहरूले आआफ्ना उम्मेदवारका पक्षमा मतदान गर्न नावाराजी गरेका हुन् ।

उल्लेख्य नेता तथा कार्यकर्ताको सडकमा भीड जम्मा भएपछि सर्वसाधारणलाई सो क्षेत्र भएर हिँड्न समस्या परेको गुनासो बढेको छ ।

प्रदर्शनीमार्गमा कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य भीडभएपछि प्रहरीले सवारी साधनलाई सो क्षेत्रमा रोक लगाएको छ । प्रहरीले कडा चेकजाँच गरेर मात्रै सो क्षेत्रमा प्रवेश गर्न दिने गरेको छ ।

बन्दसत्र भोलि बिहान साढे नौ बजेपछि पुनः सुरु हुनेछ ।