
काठमाडौं, २१ फागुन । सत्तारुढ दल नेकपा एमालेमा अहिले देशैभरी पार्टी प्रवेश गर्नेहरुको लहरै चलेको छ ।
विशेषगरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली चट्टानी अडान, विकास निर्माणको गति र नयाँ प्रयोग र भारत भ्रमणमा देखिएको स्वाभिमानले देशैभरी एमालेमा आकर्षण बढेको नेताहरु बताउँछन् ।
यसैक्रममा शुक्रबार सुखानीका सहिदको ४३ औँ स्मृति दिवसका सन्दर्भमा एमाले काठमाडौँ जिल्ला कमिटीद्वारा यहाँ आयोजित ‘सहिदको सपना र समृद्ध नेपाल’ विषयको विचार गोष्ठीमा माओवादीका नेतासहित दुई सय जना एमालेमा प्रवेश गरेका छन् ।
कार्यक्रममा उपस्थित प्रधानमन्त्री एवं अध्यक्ष ओलीले विभिन्न पार्टीका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराए ।
नेकपा क्रान्तिकारी माओवादीका विनोद थापा, एमाओवादीका कामनपा क्षेत्र नं २ का गोपीलाल बस्याल, विनोद कमर, अर्जुन कमर, भरत कमर, रत्नबहादुर कमर, तोयनाथ घिमिरेलगायत २०० लाई पार्टी प्रवेश गराइएको थियो ।












प्रतिक्रिया