
काठमाडौं, २१ फागुन । सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ ।
विहीबार १२ पहाडी जिल्लाका सिडिओको जिम्मेवारीमा हेरफेर गरिएको गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख सहसचिव चक्र बहादुर बुढाका अनुसार सरुवा हुनेमा उपसचिव पदका सिडिओ मात्रै छन् ।
को–कहाँ ?
पुष्पराज शाही (दोलखा)
कृष्ण प्रसाद अधिकारी (रसुवा)
एकदेव अधिकारी (ओखलढुङगा)
चक्रपाणी पाण्डे (ताप्लेजुङ)
मोहन जिसी (लमजुङ)
केशबराज आचार्य (म्याग्दी)
मोहन जोशी (दार्चुला)
भोजराज श्रेष्ठ (बाजुरा)
रुद्र पण्डित (जुम्ला)
गोविन्द रिजाल (सल्यान)
लुक बहादुर क्षेत्री (दैलेख)
बंशिकुमार आचार्य (रुकुम)
ती जिल्लामा कार्यरत सिडिओहरुलाई विभिन्न जिल्लामा सहायक सिडिओको रुपमा तथा गृह मन्त्रालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयले १२ सिडिओसहित २९ उपसचिवको जिम्मेवारी हेरफेर गरेको बुढाले बताए ।












प्रतिक्रिया