
काठमाडौं, २१ फागुन । तराईमा पाँच महिनादेखि आन्दोलनरत मधेसवादी दललाई काउन्टर दिँदै ठूलो शक्तिको उदय भएको छ ।
उपेन्द्र यादवलाई छाडेर आफ्नो संयोजकत्वमा संघीय नवबिचार समूह गठन गरेका पूर्वमन्त्री रिजवान अन्सारीले ठूलो शक्ति निर्माणको अभियान थालेका छन् ।
उनको अध्यक्षतामा बिहीबार बसेको केन्द्रिय समितिको बैठकले संघीयता, धर्मनिरपेक्षता, पूर्ण समानुपातिक समाबेशीको पक्षधर, विभिन्न जातीय समुदायको मोर्चा संगठनलाई मिलाएर राष्ट्रिय महागठबन्धन बनाउने निर्णय गरेको छ ।
मधेशी मोर्चाको अदुरदर्शिता तथा जनताप्रतिको गैर जिम्मेवारी पूर्ण रवैयाले मधेश आन्दोलन बिना परिणाम तुहिएको भनि समिक्षा पनि गरिएको छ । मोर्चाभित्र रहेका केहि अराजनीतिक चरित्रका नेताको अहम र संकुचित सोचले गर्दा मोर्चा महागठबन्धनको रुप नलिएर विस्तार मात्र भएको हो, अन्सारी भन्छन तर हामीले सबै संसदभित्र र बाहिर रहेका अधिकारवादी शक्ति संग मिलेर राष्ट्रिय महाघठबन्धन बनाउने निर्णय गरेका छौ ।
मधेशी, मुस्लिम महिला, दलित, आदिवाशी जनजाति, पिछडिएको समुदायको अधिकारको आन्दोलनबारे यसको सम्भावना र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम देशको पाँच वटा सहर वीरगञ्ज, नेपालगंज, बिराटनगर, जनकपुर र काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ ।
साथै नवबिचार समूहभित्र र बाहिरको समूहलाई मिलाएर चैत्र १३ गते नयाँ शक्ति निर्माण गर्न राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय पनि गरेको छ ।












प्रतिक्रिया