
काठमाडौं, २१ फागुन । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन यता निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा शुक्रबार एकैदिन तोलाको ८ सय रुपैयाँले बढेको हो ।
शुक्रबार सुन प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार ५५ हजार ५ सय रहेको सुन विहीबार २ सय बढेर ५५ हजार ७ सय रुपैयाँ पुगेको थियो ।
शुक्रबार चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेर ७ सय २५ पुगेको छ । विहीबार तोलाको ७ सय १५ रुपैयाँमा कारोवार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यमा फेरबदल हुँदा त्यसको असर नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ ।















प्रतिक्रिया