काठमाडौं, २१ फागुन । संस्थापनको विद्रोही समूहले पनि सभापति पदमा उम्मेदवारी दर्ता गराएको छ ।
महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी मुख्यालय सानेपा पुगेर आफ्नो उम्मेदवारी सभापतिमा दर्ता गराएका हुन् । उनीसँगै महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गराएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
संस्थापन समूहबाट विद्रोह गरेको सिटौला समूहलाई ‘भगौडा’को आरोप छ । यो समूहले विजयी हासिल गर्न नसकेपछि संस्थापन समूहका उम्मेदवारहरुलाई हराउन ठूलो भूमिका खेल्न सक्ने कांग्रेस जानकारहरुको भनाइ छ ।
यसैबीच, महामन्त्रीमा वरिष्ठ नेता शेरबहादुर देउवा समूहका महामन्त्री अर्जुन नरसिंह केसीले पनि उम्मेदवारी दर्ता गराएका छन् । केसीले साइत हेरेर आफू बस्ने कुर्सी पूर्वतिर फर्काएर उम्मेदवारी दर्ता गराएका हुन् ।












प्रतिक्रिया