२४ कार्तिक २०८३, मंगलबार

यी हुन् संस्थापन समूहका अर्का ‘भगौडा’, एकाबिहानै फूलमालाले स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Farmulla Mansurकाठमाडौं, २१ फागुन । कोइराला परिवारप्रति सधै राजनीतिक रुपमा सहयोगी रहँदै आएका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले आजदेखि संस्थापन समूह परित्यागको घोषणा गरेका छन् ।

संस्थापन समूह परित्याग लगत्तै बरिष्ठ नेता शेरबहादुर देउवाले आज बिहानै आफ्नो बुढानीलकण्ठस्थित निवासमा फूलमालाले स्वागत गरेका छन् । मन्सुरसँगै संस्थापन समूहका मधु शाहीले पनि देउवालाई सहयोग गर्ने घोषणा गरेका छन् । शाही सांसद पनि हुन् ।

मन्सुरले संस्थापन समूहबाट कोषाध्यक्षमा दाबी गर्दै आएका थिए । संस्थापनले कोषाध्यक्षमा सीतादेवी यादवलाई च्यापेपछि मन्सरले क्याम्प परिवर्तनको घोषणा गरेका हुन् । शाहीले पनि संस्थापन समूहबाट टिममा पर्ने आशा लिएका थिए ।

मन्सुर र शाहीले सभापति पदमा वरिष्ठ नेता देउवालाई जिताउन आफूले सक्दो प्रयास गर्ने बताएका छन् ।

नेता देउवा, उनकी पत्नी आरजु देउवाले निवासमा मन्सुर र शाहीलाई फुलमाला लगाएर स्वागत गरेका थिए ।